२३ जेठ २०८३, शनिबार

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेनः डा कोइराला

मंसिर ८, २०७५
सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेनः डा कोइराला

नेपालगञ्ज–नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । 
बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकाको जमुनीमा आज आयोजित आमसभामा उनले सरकारले जनतामाथि करको भार बढाउनु गलत भएको तर्क गरे । 
जनताको सच्चा साथी काङ्ग्रेस भएको दावी गर्दै नेता कोइरालाले लोकतान्त्रिक चरित्रलाई काङ्ग्रेसले कहिल्यै नछाड्ने दावी गरे । 

आमसभामा काङ्ग्रेसका केन्द्रीय नेता अमरेशकुमार सिंह, सांसद मोहम्मद याकुव अन्सारी, सर्वतआरा खातुन लगायतले पार्टीलाई एकीकृत बनाएर जनताको पक्षमा लाग्ने वातावरण बनाउने दावी गरे । 

salt training

कमेन्ट गर्नुहोस्