२७ असार २०८३, शनिबार

नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार

नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ । 

पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्य विभाजनको टुङ्गो लगाउने निणर्य गरेको हो ।

केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय सङ्गठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्