
काठमाडाैं–देशभरका अदालतमा एक हजार ३३९ कर्मचारी पदपूर्ति गर्ने बाटो खुला भएको छ ।
मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) मा पठाएको कर्मचारी दरबन्दी स्वीकृत गरेपछि कर्मचारी दरबन्दी थपिन लागेको हो ।
न्यायपालिकामा विभिन्न तह र पदमा पाँच हजार १३५ निजामती कर्मचारीको दरबन्दी छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।