१० साउन २०८३, आइतबार

ज्वाँइको जन्मदिनमा यसरी नाचे पूर्वराजा ज्ञानेन्द्र

ज्वाँइको जन्मदिनमा यसरी नाचे पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार शुक्रबार एक पार्टीमा निकै रमाएका छन् । अहिले संग्रहालय बनिसकेको नारायणहिटी दरबारनजिकै दरबारमार्गमा रहेको त्रिसरा रेस्टुरेन्टमा पूर्वराजपरिवारका सदस्यहरुले रमाइलो गरेका तस्विरहरु सार्वजनिक भएका हु्न् । 

पूर्वराजपरिवार ज्ञानेन्द्रका ज्वाइँ राजीव शाहको जन्मदिनमा जमघट भएको बुझिएकाे छ। पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल आफ्ना छोरा पूर्वयुवराज पारससहित राजपरिवारका अन्य सदस्यहरु त्रिसरा रेस्टुरेन्टमा पुगेका थिए । तर, पूर्व युवराज्ञी हिमानी भने पार्टीमा देखिइनन् । 

पार्टीका क्रममा पूर्वराजा ज्ञानेन्द्रले डान्ससमेत गरेका थिए । त्यस्तै रेस्टुरेन्टमा भेटिएकाहरुसँग सामूहिक फोटोसमेत खिचेका थिए । शनिबार राति त्रिसराले पूर्व राजपरिवारका फोटोहरु सार्वजनिक गरेको छ ।

तस्वीर: त्रिसराकाे फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्