काठमाडौं–पुराना गायक सचिन रौनियारले झण्डै १२ वर्षपछी ‘ए मान्छे’ बोलको गीतका साथ कमब्याक गरेका छन् ।
डेढ दशक अगाडीको गीतसंगीतमा सुनिने र गुञ्जिने नाम भएता पनि झन्डै १२ वर्ष भने उनि नयाँ गीतसंगीतका साथ् प्रस्तुत भएनन् । डिजिटल युगको पहिलो गीत बताउने सचिनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेका हुन् ।
मनोरंजनसँगै अनेकतामा एकताको सन्देश समेत दिने गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत रहेको छ । गीतमा सचिनसँगै संजय श्रेष्ठ , बबिन , भिम तुलाधर लगायत पनि देखिएका छन् ।
सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकतालाई प्रस्ट्याईएको छ । ‘मनमगन’ पछी यसको किसिमको भिडियो निर्देशन गरेको बताउने सुव्रतले निर्माणको क्रममा कुनै सम्झौता नगरेको बताएका छन् । भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन, भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।
भिडियो :