२३ जेठ २०८३, शनिबार

मुस्ताङ पुगेर दुई नायकको अंगालोमा बाँधिइन् वर्षा

मुस्ताङ पुगेर दुई नायकको अंगालोमा बाँधिइन् वर्षा

काठमाडौं– मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘विर विक्रम २’को हाल मनाङ र मुस्ताङका रमणीय स्थानमा छायाँकन भैरहेको छ ।

केही दिन पहिलेमात्र मुस्ताङ पुगेको चलचित्र यूनिटले हाल चलचित्रमा समावेश एक गीतको छायाँकन गरिरहेको छ । जहाँ चलचित्रका दुई नायक पल शाह र नाजिर हुसेनसंग नायिका वर्षा शिवाकोटीको रोमान्स देख्न सकिन्छ । चलचित्रका मुख्य तिन कलाकारलाई फिचर्ड गरिएको गीत कोरस डान्सरको जम्बो टोली सहित छायाँकन भईरहेको निर्देशक चाम्स बताउँछन् । उनका अनुसार करिब २३ लाख रुपैयाँ बराबरको बजेटमा यो गीत तयार गरिनेछ ।

रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ । चाम्स इन्टरटेन्मेण्ट र लण्डन सिने आईको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा अपर्ण सापकोटा सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रमा पल नाजिर र वर्षाका साथमा विनिषा भण्डारी, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, कृजन गौतम, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज भण्डारी लगायतका कलाकारको अभिनय रहनेछ । 

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रञ्जित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्