
काठमाडौं — जर्मनीका एक व्यक्तिमाथि नाजी यातना शिविरमा ३६ हजार यहुदीको हत्या गरेको आरोप लगाइएको छ ।
दोस्रो विश्वयुद्धमा यी व्यक्ति शिविरको गार्डका रूपमा कार्यरत थिए ।
जर्मन अभियोजकहरूले बर्लिनमा बस्ने हान्स एच नामक ९५ वर्षीय व्यक्तिमाथि यो आरोप लगाएका थिए ।
उनले अस्ट्रियाको मोथेसेन शिविरमा यो अपराध गरेका हुन् । बर्लिनका पब्लिक प्रोसिक्युटर अफिसले शुक्रवार बयान जारी गरेर यसको जानकारी दिएको हो ।
डेथ हेड बटालियनसँग आबद्ध हान्स एच सन् १९४४ देखि १९४५ सम्म यातना शिविरमा तैनाथ थिए । त्यसबीचमा शिविरमा ३६ हजार २२३ कैदीको मृत्यु भएको थियो ।
एजेन्सी