०८ असार २०८३, सोमबार

विमान अवतरण गर्ने क्रममा बिग्रियो ल्यान्डिङ गीयर

विमान अवतरण गर्ने क्रममा बिग्रियो ल्यान्डिङ गीयर

काठमाडौं — पेरुको एक विमान कम्पनीको बोइङ ७३७ विमान बोलिभियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गीयर भाँचिएको छ । 

त्यसले गर्दा लगभग १० घन्टा धावनमार्ग बन्द रह्यो । 

अधिकारीहरूका अनुसार, यस घटनामा विमानमा रहेका १२२ यात्री वा चालक दलका सदस्य कसैलाई पनि केही हानि भएन । 

अधिकारीहरूले विमानलाई अघि बढाउन नसकिएको जानकारी दिए । त्यसैले १० घन्टासम्म रनवे बन्द भयो । 

बन्दका कारण बोलिभियाको राजधानीनजिक रहेको अल अल्टो विमानस्थलमा कैयौं उडानमा ढिलाइ आयो । 

विमान पेरुबाट कुजको पुगेको थियो । एयरलाइन्सले एक बयान जारी गरेर घटनाका कारणहरूको अनुसन्धान गरिरहेको बताए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्