काठमाडौं– आगामी मंसिर १५ गते राजधानीको टुँडिखेलमा पाँचौ राष्ट्रिय घोडाचढी च्याम्पियनसिप हुने भएको छ ।
नेपाल घोडाचढी एसोसियसन, राष्ट्रिय खेलकूद परिषद् र नेपाल क्यालिभरीको संयुक्त आयोजनामा सो च्याम्पियनसिप हुन लागेको आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाल घोडाचढी एसोसियसनका अध्यक्ष रवि राजकर्णिकारका अनुसार हर्स टेन्ट पेगिङ्ग, हर्स जम्प, हर्स हाई जम्प कम्पिटिसनका प्रथम, द्दितिय र तृतिय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार पुरस्कार दिइने छ।
त्यस्तै ६ क्रस बार जम्प महिलातर्फका प्रथम, द्दितिय र तृतिय हुनेलेले १०–१० हजार र हर्स शो जम्प महिला कम्पिटिसनका प्रथम, द्दितिय र तृतिय हुनेले क्रमश १५ हजार, १० हजार र १० हजार पुरस्कार पाउने छन्।