१८ असार २०८३, बिहीबार

हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा दशौँ हजार प्रदर्शनमा

मंसिर ९, २०७५
हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा दशौँ हजार प्रदर्शनमा

अयोध्या–भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी हिन्दू धर्माबलम्बीले आइतबार उक्त पवित्र भूमिमा प्रदर्शन गरेका छन् । 
केशरी रङको कपडा लगाएका प्रदर्शनकारीमध्ये केहीले हातमा खड्गसमेत लिएर प्रदर्शनमा सहभागिता जनाएका थिए । उनीहरूले भगवान रामको प्रशंसा गर्दै उत्तर प्रदेशको अयोध्या शहरका विभिन्न भागको परिक्रमा गरेका थिए । 
कट्टरवादी हिन्दू समूहहरूले उक्त स्थान हिन्दूहरूका आस्थाका केन्द्र भगवान रामको भएको र त्यहाँ उहाँको विशाल मन्दिर स्थापना गर्नुपर्ने आवाज उठाएका थिए । 
आयोजकले अयोध्या र भारतीय अन्य दुई शहरमा हुने प्रदर्शनमा तीन लाखको सहभागिता भएको दावी गरेको छ । अयोध्यामा भएको प्रदर्शनमा सहभागी हुन शनिबार र आइतबार दिउसोसम्म पहेंलो वस्त्रधारी हिन्दू धर्मप्रति शुभेच्छा राख्ने भारतीयहरू ठूलो सङ्ख्यामा गाडीमा आइरहेको देख्न सकिन्थ्यो । 
प्रदर्शनमा हुनसक्ने सम्भावित अवान्छित क्रियाकलापलाई रोक्न भन्दै उक्त शहरमा अयोध्याबाहिरबाट थप पाँच हजार सुरक्षाकर्मीलाई तैनाद गरिएको थियो । 
हिन्दूहरूले उक्त स्थान भगवान रामको जन्मस्थान रहेको बताउने गर्छन् । उक्तस्थानमा भगवान रामको मन्दिर भत्काएर ४६० बर्षपहिले मस्जिद निर्माण गरिएको दावी कतिपय भारतीय हिन्दू धर्माबलम्बीले बताउने गर्छन् । 
बाबरी मस्जिद भत्काएर सन् १९९२ मा मन्दिरको निर्माण गर्ने प्रयासमा भएका झडपमा अधिकांश मुसलमानसहित दुइ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । उक्तस्थान भारतीय हिन्दूहरू र अल्पसङ्ख्यक मुसलमानहरूबीचको द्वन्द्वको कारण बन्दै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्