०३ साउन २०८३, आइतबार

आँखाको डार्क सर्कल हटाउन के गर्ने ?

मंसिर १०, २०७५
आँखाको डार्क सर्कल हटाउन के गर्ने ?

काठमाडौं– आखामा आएको डार्क सर्कलले धेरैलाई निराश बनाएको हुन्छ । यसलाई हटाउन केही उपाय छन् ।

  • भिटामिन ए युक्त खानेकुरा जस्तै फर्सी, पाकेको मेवा, गाँजर, आँप, हरियो सागपात आदि खानु पर्छ । 
  • भिटामिन सी ले दिमागमा सेराटोनिक नामक रसायन उत्पादन गर्दछ । जसले गर्दा राम्रोसँग  निदाउन सकिन्छ । अनि डार्क सर्कल बिस्तारै हट्दै जान्छ ।
  • अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन के युक्त खानेकुरा सेवन गर्नाले डार्क सर्कल कम गर्छ ।
  • आँखा वरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।
  • कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ  । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ ।
  • सुत्नुअघि मनतातो पानीमा बेकिङ सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हटाइदिन्छ ।
  • भिटामीन ई क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ । 

नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्