२५ असार २०८३, बिहीबार

पिसाब बेचर मासिक लाखौं आम्दानी, दुई थोपाको २५ डलर

मंसिर १०, २०७५
पिसाब बेचर मासिक लाखौं आम्दानी, दुई थोपाको २५ डलर

काठमाडौं– पैसा कमाउने पनि एक कला हुन्छ, जुन सबैलाई आउँदैन । मानिस छिटोभन्दा छिटो धनी बन्न तथा पैसा कमाउनका लागि विभिन्न काम गर्दछन् । 

कसैले व्यवसायमा लगानी गर्दछन् भने कसैले आफ्नो कुशल तरिकाबाट लाखौं–करोडौं कमाउने गर्दछन् । तर, तपाईले कहिल्यै सुन्नु भएको छ, कसैले आफ्नो पिसाब बेचेरै लाखौं कमाइ गर्दै आएका छन् ? छैन । तर, यो बिलकुल साँचो हो ।

अमेरिकाको फ्लोरिडानिवासी एक महिलाले आफ्नो पिसाब बेचेर घरै बसी–बसी मासिक लाखौं रुपैयाँ कमाउँदै आएकी छन् ।  जब अरु मानिसहरुलाई यो थाहा भयो, उनीहरु सबै आश्चर्यमा परे ।

कलेज पढ्ने एक युवतीले दुई वर्ष पहिले एक अनलाइन एन्ड सर्भिसमा आफ्नो पिसाब बिक्रीका लागि विज्ञापन दिएकी थिइन्, जसमा लेखिएको थियो ‘म तीन महिनाकी गर्भवती छु । जसले पनि मेरो पोजेटिभ प्रेग्नेन्सी परीक्षण गरी पिसाबलाई खास कामका लागि प्रयोग गर्न चाहन्छ, म उसलाई दिन सक्छु । पिसाबको एक वा दुई थोपाका लागि म २५ डलर लिन्छु।’

युवतीको यो अचम्म लाग्दो विज्ञापन सोसल मिडियामा भाइरल भएपछि उनका अगाडि पिसाब किन्ने मानिसको आइरो नै लाग्यो । युवतीको पिसाब किन्नेमा धेरैजसो अन्य युवती र महिला नै थिए । यस किसिमबाट उनले पिसाब बिक्री गरेर दैनिक २ सय डलर अर्थात् २२ हजार रुपैयाँ भन्दा बढी कमाएकी छन् । 

मिडियाका अनुसार उक्त युवतीले उक्त पिसाबबाट प्रेग्नेन्सी परीक्षण गर्थिन् र पोजेटिभ प्रेग्नेन्सी टेस्ट देखाएर पुरुषसँग पनि ब्ल्याकमेल गर्ने गर्थिन् । एक न्युज च्यानलले यो विषयका बारेमा पत्ता लगाउनका लागि स्टिङ अपरेसन गरेपछि यो विषयको खुलासा भएको हो । यो विषयमा समाचार सार्वजनिक भएपछि उक्त विज्ञापनलाई हटाइएको छ ।
एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्