११ असार २०८३, बिहीबार

रुसले युक्रेनी जहाजमा कब्जा जमाएपछि युद्धको स्थिति

मंसिर १०, २०७५
रुसले युक्रेनी जहाजमा कब्जा जमाएपछि युद्धको स्थिति

काठमाडौं — रुसले युक्रेनका तीनवटा जलसेना जहाजमाथि कब्जा जमाएपछि युक्रेनका सडकमा मानिसहरूले विरोध प्रदर्शन गरेका छन् । स्थिति नियन्त्रणमा लिनका लागि मार्सल ल लगाउने कि भन्ने विषयमा युक्रेनको संसदमा छलफल चलिरहेको छ । 

विरोधकर्ताहरू राजधानी कीएभस्थित रुसी दूतावासअगाडि भेला भए । दूतावासको एक कारमा आगो लगाइएको छ । 

क्राइमीया प्रायद्वीपको जलमा कब्जाको घटना भएपछि दुई देशबीचको तनाव चुलिएको छ । 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले यसपछि आपतकालीन बैठक डाकेको छ । 

रुस र युक्रेन दुवैले घटनाका लागि एकअर्कामाथि दोष थोपरेका छन् । उक्त घटनामा दुईवटा गनबोट र एउटा टगमाथि रुसले कब्जा जमाएको छ र युक्रेनी जहाज कर्मचारीहरू घाइते भएका छन् । 

युक्रेनको रक्षा तथा सुरक्षा परिषद्को एक बैठकमा राष्ट्रपछि पेट्रो पोरोशेन्कोले रुसको कारवाही एकपक्षीय र बहुलट्ठीपूर्ण भएको बताए । 

युक्रेनको रक्षा मन्त्रालयले सेनालाई युद्धका लागि तयारी अवस्थामा बस्ने निर्देश दिइएको घोषणा गरेको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्