०७ असार २०८३, आइतबार

अमेरिकाको सीमामा हुलदंगा मच्चाउने आप्रवासीलाई मेक्सिकोले देशनिकाला गर्ने

मंसिर १०, २०७५
अमेरिकाको सीमामा हुलदंगा मच्चाउने आप्रवासीलाई मेक्सिकोले देशनिकाला गर्ने

काठमाडौं — अमेरिकाको सीमामा हुलदंगा मच्चाउन खोज्ने ५०० आप्रवासीलाई देशनिकाला गरिने मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ । 

आप्रवासीको यो समूहलाई आइतवार हिंस्रक तथा अवैध रूपमा सीमा पार गर्न खोजेपछि पक्राउ गरिएको मन्त्रालयले एक वक्तव्य जारी गर्दै भन्यो । 

मेक्सिकोको तिजुआना शहरमा दुई देशको सीमामा रहेको पर्खालतिर दौडने महिला तथा बालबालिका सहितका दर्जनौं मानिसलाई अमेरिकी सीमा अधिकारीहरूले अश्रूग्यास प्रहार गरेर भगाएका थिए । 

लगभग ५०० आप्रवासीले हिंस्रक तरिकाले सीमा पार गर्न खोजेको गृह मन्त्रालयको वक्तव्यमा उल्लेखित छ । 

हिंस्रक घटनामा संलग्न व्यक्तिहरूलाई तत्कालै देशनिकाला गरिने त्यसमा लेखिएको छ । 

आप्रवासीहरूको हिंस्रक क्रियाकलापले वैध आप्रवासन संरचनाको उल्लंघन गरेको र उनीहरूको उद्देश्यपूर्तिमा बाधा गरेको मन्त्रालयले थप्यो । 

नोभेम्बर महिनाको शुरूआतमा तिजुआनामा हजारौं आप्रवासी ओइरिएपछि तनाव बढेको छ । 

तिजुआनाका आप्रवासीहरू चार हजार किलोमिटरभन्दा बढी हिँडेर मध्य अमेरिकाबाट त्यहाँ आइपुगेका हुन् । 

उनीहरू आआफ्ना देश होन्डुरस, ग्वाटेमाला र एल साल्भाडोरबाट दमन, गरीबी र हिंसा छल्न भागेका हुन् । 

तर अमेरिकाले उनीहरूको शरणार्थी निवेदनलाई स्वीकार गर्छ कि गर्दैन भनी उनीहरूले लामो प्रतीक्षा गर्नुपर्ने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीहरूको मुद्दा अदालतले फर्छ्यौट नगरेसम्म सीमापारि नै राख्ने बताएका छन् ।
फर्छ्यौट हुन महिनौं लाग्छ । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्