काठमाडौं- चलचित्र ‘घनचक्कर’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।
पुस १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको ‘दाईको सालो...’बोलको गीत सार्वजनिक गरिएको हो ।
विपिन आचार्यको शब्द तथा संगीत, राजेश पायल राई र माण्डवी त्रिपाठीको स्वर रहेको गीतको भिडियोमा दुई अभिनेता सलोन बस्नेत र नरेन खड्काले नव–अभिनेत्री कश्मिरा लामासँग कम्मर मर्काएका छन् । जितेन्द्र राजोपाध्याय निर्देशित ‘घनचक्कर’मा अभिनेता सौगात मल्लको पनि लिड भूमिकामा छन् । साथमा सरोज खनाल, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी लगायतको मुख्य भूमिका छ ।
चलचित्रमा सुशन प्रजापतिको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजबंशीको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन रहेको छ ।