काठमाडौं – वाइड बडी विमान खरिद प्रकरणमा भएको अनियमितताको विरोधमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कालोझण्डा देखाएको आरोपमा नयाँ शक्ति विद्यार्थी युनियन सम्बद्ध ६ विद्यार्थी पोखराबाट पक्राउ परेका छन् ।
गृह जिल्ला कास्की पुगेका मन्त्री अधिकारीलाई पोखराको सिर्जना चोकमा कालोझण्डा देखाएपछि नयाँ शक्ति विद्यार्थी युनियनका रेशम सापकोटा, नेत्र चापागाईं, तेजेन्द्रकुमार भट्ट, कृष्ण अिधकारी विशाल तिमल्सिना र नरेन्द्र बस्याल पक्राउ परेका हुन् ।
उनीहरूलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।