२६ असार २०८३, शुक्रबार

डा. केसीको माग नम्बर २– निर्मलाका हत्यारालाई पक्राउ नगरे अनशन

मंसिर १०, २०७५
डा. केसीको माग नम्बर २– निर्मलाका हत्यारालाई पक्राउ नगरे अनशन

काठमाडौं– विभिन्न मागहरु राख्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीले १६ औं पटक अनसन बस्ने चेतनावनी दिएका छन् ।

डा. केसीले आफूसँग सरकारले गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने, निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई कारबाहि गर्नुपर्ने लगायतका विभिन्न ३ बुदे माग राख्दै अनसन बस्ने चेतावनी दिएका हुन् । 

उनले जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन आफूले बारम्बार सत्याग्रह र आन्दोलन गरेपनि सम्झौता अनुसारको ऐन जारी हुन नसकेको भन्दै आगामी पुस २ गतेदेखि अनसन बस्ने चेतावनी दिएका छन् ।

उनले विज्ञप्ति मार्फत उक्त विधेयकलाई संसदको पूर्ण बैठकबाट पारित नगरी मेडिकल माफियाको स्वार्थ पूरा गर्न ढिलासुस्ती गरिएको आरोप समेत लगाएका छन् ।

यस्तो छ डा. केसीका मागहरु 

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् ।
क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् । 
ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् ।  त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् ।
ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् । 

२. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्ति माथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् । 

३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडांै विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

salt training

कमेन्ट गर्नुहोस्