११ असार २०८३, बिहीबार

टर्कीमा आवासीय क्षेत्रमा सैन्य विमान दुर्घटना, चारजनाको मृत्यु

मंसिर १०, २०७५
टर्कीमा आवासीय क्षेत्रमा सैन्य विमान दुर्घटना, चारजनाको मृत्यु

काठमाडौं — टर्कीको इस्तानबुलको आवासीय क्षेत्रमा सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चार जवानको मृत्यु भएको छ । 

विमान कसरी दुर्घटनामा परेको हो भनी पत्ता लाग्न सकेको छैन । घटनास्थलमा अनुसन्धान र उद्धार टोली पुगेको छ । 

जानकारीअनुसार, विमान इस्तानबुलको सांकाक्टेपेमा दुईवटा अपार्टमेन्ट ब्लकको बीचमा दुर्घटनाग्रस्त भएको थियो र दुई टुक्रा भयो । 

अनादोलू समाचार संस्थाले हेलिकप्टर प्रशिक्षण मिसनमा रहेको बतायो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्