काठमाडौं – भारतको कन्फिड्रेसन अफ इन्डिया इन्डस्ट्री (सीआईआई) ले पहिलो पटक कनम्याक २०१८ नेपाल भक्तपुरको खुल्ला चौरमा गरेको छ ।
कनम्याक २०१८ मा १ सय ५० स्टल रहेका थिए । सो कनम्याकमा केश कन्ट्रक्सनको सहभागिता रहेको थियो ।
कनम्याकको मुख्यगेटमै रहेको स्टलमा कम्पनीले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याक्हो लोडर प्रर्दशनीमा राखेको थियो । ब्राजिलमा उत्पादित केश मोटर ग्रेडर मुख्य आर्कषणको रुपमा रहेको थियो भने भारतको मध्य प्रदेशको पितम्पुरमा उत्पादित केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइबे्रसन रोलर र ४५० डी एक्स मिनि रोलरको प्रर्दशनी गरिएको थियो ।
३ दिनको कनम्याक २०१८ मा करीब १ हजार दर्शकले अवलोकन गरे भने ३० वटा मेसिन बुकिङ भएको थियो । प्रर्दशनीमा मेसिन खरिद गर्ने ग्राहकको लागि उपहारको व्यवस्था गरिएको थियो । केश मोटर ग्रेडर खरिदमा ब्राजिल भ्रमण, केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डी भाइबे्रसन रोलरमा टीभीएस अपाचे बाइक सितैमा र ४५० डी एक्स मिनी रोलरमा थाइल्याण्डको भ्रमण रहेको थियो ।
विगत १० वर्षदेखि ‘विकासको सारथी’ भन्ने नारासहित हेभि इक्युपमेन्ट बिक्री वितरण गर्दै आएको जगदम्बा कन्ट्रक्सन एण्ड सोलुसनले देशभर १४ भन्दा बढी स्थानबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याक्हो लोडर, स्किड स्टिर लगायतको हेवी इक्युप्मेन्टको बिक्री वितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्रीपछिका सम्पूर्ण सेवा र मर्मत सम्भार सुविधा प्रदान गर्दै आएको छ ।