१५ असार २०८३, सोमबार

सामुदायिक वन महासंघले देशभर सुरु गर्यो लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान

मंसिर १०, २०७५
सामुदायिक वन महासंघले देशभर सुरु गर्यो लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान

काठमाडौं - सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले महिला हिंसा विरुद्ध १६ दिने अभियान सुरु गरेको छ । अभियानको पहिलो दिन महासंघ अन्तरगत सबै प्रदेश समितिले आआफ्नो ठाउँबाट र्याली निकालेका थिए ।
आइतबार नोभेम्बर २५ मा अभियान पहिलो दिन महासंघ केन्द्रीय समितिले पत्रकार सम्मेलन गर्दै अभियानमा आफ्नो प्रतिवद्धता व्यक्त गरेको छ ।

‘कार्यक्षेत्रमा हुने लैंगिक हिंसाको अन्त्य तथा लैंगिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ मूल नाराका साथ महासंघले १६ दिने अभियान मनाएको हो ।

अभियान अन्तरगत महासंघका सबै जिल्ला समितिले जिल्लाबाट र्याली गर्दै प्रदेश राजधानीमा आएर सभा गर्ने, सबै प्रदेश राजधानीमा आमसभा गरी महासंघका सबै अभियन्ताहरु अन्तिम दिन मंसिर १४ गते काठमाडौंको वसन्तपुरमा सहभागी हुने बताइएको छ ।
फेकोफनले १६ दिने अभियानलाई काठमाडौंको वसन्तपुरमा भव्यताका साथ मनाउने भन्दै महिला अभियन्ता तथा अन्य नागरिक अगुवाहरुलाई समेत आग्रह गरेको छ ।
अभियानको क्रममा सामुदायिक वन महासंघले लैंगिक हिंसा विरुद्ध १७ बुँदे आचारसंहिता समेत सार्वजनिक गरेको छ । साथै उसले आफ्नो अभिघयानको देशभरका जिल्ला र प्रदेशका स्थान सहित कार्यसूची सार्वजनिक गरेको छ ।
सामुदायिक वन महासंघ अध्यक्ष भारती पाठकले स्थापना कालदेखि नै महिला प्रतिनिधित्व र सशक्तिकरणमा महासंघले जोड दिँदै आएको बताइन् । 
कार्यक्रममा बोल्दै महासचिव ठाकुर भण्डारीले फेकोफनका हरेक समिति तथा उपभोक्ता समूहमा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउँदै आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्