तनहुँ- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।
तनहुँको भानु नगरपालिका–९ र १० का पार्टी कार्यकर्तासँग आज भएको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विमान खरीद प्रकरणमा अनियमितताको कुरा उठ्नु, निर्मला पन्त हत्या प्रकरणमा हत्यारालाई पक्राउ गर्न नसक्नु र विकास निर्माणका कामहरु जनचाहना अनुरुप अघि बढाउन सरकार सफल हुन नसकेको आरोप लगाए ।
सो कार्यकर्ता भेटघाटमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, नेपाली काङ्ग्रेसका पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, प्रदेशसभा सदस्य सरिता गुरुङ, पार्टी जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य रामचन्द्र अधिकारी लगायतले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको धारणा राखेका थिए ।