१६ असार २०८३, मंगलबार

उत्तर कोरियाविरुद्ध सैन्य कारवाही समेत सम्भव भएको अमेरिकी योजनाको खुलासा

कात्तिक २०, २०७४
उत्तर कोरियाविरुद्ध सैन्य कारवाही समेत सम्भव भएको अमेरिकी योजनाको खुलासा
काठमाडौं, २० फागुन — उत्तर कोरियामाथि अमेरिकाले गरेको एक आन्तरिक समीक्षामा उक्त देशको आणविक हतियारको त्रासबाट मुक्ति पाउनका लागि सैन्य शक्ति प्रयोग गर्ने वा सत्ता परिवर्तन गर्ने समेत योजना बनेको खुलेको छ । यसले गर्दा कोरियाली क्षेत्रमा अमेरिकाका सहयोगीहरू सतर्क अवस्थामा छन् ।


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एसियासम्बन्धी अमेरिकाको दशकौं पुरानो समझदारी नतोड्ने भरोसा दिँदै प्योङयाङलाई अन्तर्महादेशीय क्षेप्यास्त्र परीक्षण गर्न रोक्ने बताएका थिए । यसले गर्दा अमेरिकी नीतिमा परिवर्तन आउनसक्ने केही नेताहरूको विश्वास छ ।

अमेरिकाको उत्तर कोरियाप्रतिको नीतिमाथि समीक्षा हालैका घटनापछि आएको हो । अघिल्लो महिना उत्तर कोरियाले सी अफ जापानमा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो अनि सर्वोच्च नेता किम जोङ–उनका सौतेनी दाइको मलेसियामा हत्या भएको थियो ।

चीनले उत्तर कोरियाका अधिकारीहरूसँग बेइजिङमा वार्ता गरिरहेको छ । एक वर्षमा यो पहिलो उच्चस्तरीय भेटघाट भएको बताइएको छ । बेइजिङले हालै उत्तर कोरियाबाट कोइला आयातमा प्रतिबन्ध लगाएपछि यस्तो भेटवार्ता भएको हो ।

अमेरिकी अधिकारीहरूले नयाँ रणनीति अन्तर्गत सैन्य कारवाहीको पनि संकेत दिएको यसमा संलग्न मानिसहरूको भनाइ छ ।

फक्स न्युजबाट

salt training

कमेन्ट गर्नुहोस्