१७ असार २०८३, बुधबार

मेक्सीकोको सीमा क्षेत्रबाट ४२ आप्रवासी पक्राउ

मंसिर १०, २०७५
मेक्सीकोको सीमा क्षेत्रबाट ४२ आप्रवासी पक्राउ

वासिङ्टन- अमेरिकी सिमा सुरक्षाबलले मेक्सीकोसँगको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिएको छ । 
सिमा सुरक्षाबलका प्रमुख रोड्नी स्कटले सोमबार दिएको जानकारी अनुसार सिमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको हो । 
“सिमाना नाघेर अमेरिका प्रवेश गरेका ४२ जनालाई नियन्त्रणमा लिइएको छ,” स्कटले सान डेगो सेक्टर वोर्डरमा सिएनएनसँग भन्नुभयो । 
उहाँले पक्राउ परेकामध्ये अधिकांश पुरुष रहेको पनि जानकारी दिनुभयो । अमेरिका र मेक्सिकोको सीमाक्षेत्रमा विगत लामो समयदेखि आप्रवासीसम्वन्धी विवाद हुदै आएको छ । 

कमेन्ट गर्नुहोस्