
काठमाडाैं-मंगल ग्रहको विस्तृत अध्ययनका लागि अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको रोबोर्टसहितको अन्तरिक्ष यान इनसाइट मंगल ग्रहमा पुगेको छ । रेड प्लानेटको सतहमा पुगेको इनसाइट ल्याण्डर यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्नेछ ।
नेपाली समय अनुसार मंगलबार बिहान एक बजेर ३८ मिनेटमा मंगल ग्रहमा अवतरण भएको रोबोर्टले मंगल ग्रहका बारेमा प्राप्त जानकारी पठाउने छ ।
क्यालिफोर्नियामा रहेको नासाको यो मिसन कन्ट्रोल गर्ने जेट प्रोपुल्सन ल्याबुरेटरी (जेपिएल) मा रोबोर्ट मंगल ग्रहमा अवतरण भएको खुशीयाली मनाईएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अभियानमा संलग्नहरुलाई बधाई दिएका छन् । जेपिएलका निर्देशक मिक वाट्किन्सले यो सफलता सबैको रहेको बताएका छन् ।