
काठमाडौं — पश्चिमी अफगानिस्तानमा तालिबानले प्रहरीको एक जत्थामा ताकेर आक्रमण गर्दा कम्तीमा २२ प्रहरीको मृत्यु भएको छ ।
अफगानिस्तानमा हालै यस्ता आक्रमणको सिलसिला बढेको छ । यसअघि शुक्रवार सेनाको शिविरमा बनाइएको मस्जिदमा आत्मघाती आक्रमण भएको थियो ।
एक सरकारी अस्पतालका निर्देशक शिर अहमद वेडाले आक्रमणमा २२ प्रहरीको मृत्यु र दुईजना घाइते भएको बताए ।
तालिबानले एक ह्वाट्सएप सन्देशमार्फत यस आक्रमणको जिम्मेवारी लिएर २५ प्रहरी मारिएको र चारजना घाइते भएको बताए ।
एजेन्सी