१३ असार २०८३, शनिबार

घरायसी विवादमा श्रीमतीको हत्या

मंसिर ११, २०७५
घरायसी विवादमा श्रीमतीको हत्या

दोलखा– दोलखाको जिरी नगरपालिकामा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिरी नगरपालिका–९ ठूलोपातलका ३५ वर्षीय तस्बीर तामाङले आफ्नै श्रीमती ३३ वर्षीया राममायाँ तामाङको हत्या गरेका हुन् । 

तामाङले सोमबार साँझ सामान्य घरायसी विवादपछि श्रीमतीलाई आग्लो प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार श्रीमान्ले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा श्रीमती राममायाँको घटनास्थलमा नै मृत्यु भएको हो । 

सालोको विवाहका लागि ससुरालीमा गएका तामाङ श्रीमतीको हत्यालगत्तै फरार रहेको प्रहरी निरीक्षक काफ्लेले बताए । 
मृतक राममायाँको शव जिरी अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्