२३ जेठ २०८३, शनिबार

राजपा विवाद : संयोजक परिर्वतनको निर्णयमा पुनर्विचार गर्न ठाकुर पक्षले दियो ‘अल्टिमेटम’

मंसिर १२, २०७५
राजपा विवाद : संयोजक परिर्वतनको निर्णयमा पुनर्विचार गर्न ठाकुर पक्षले दियो ‘अल्टिमेटम’
सन्दर्भ तस्वीर

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर पक्षले संयोजक परिवर्तन गर्ने निर्णय पुनर्विचार गर्न एक सातासम्म कुर्ने बताएको छ । संयोजक परिवर्तन गर्दा ठाकुरमाथि काम गर्न नसकेको भन्दै लगाएको अभियोग तथा महेन्द्र राय यादवले बोलेका अभिव्यक्ति फिर्ता लिनुपर्ने उनीहरूको अडान छ ।

आफूहरूको सरोकार भएका दुई विषयमा पुनर्विचार नभए ठाकुर पक्षले राजपाको छुट्टै बैठक बोलाउने केन्द्रीय सदस्य डा. सुरेन्द्र झाले जानकारी दिए । ‘एक हप्तासम्म पनि उहाँहरूले यी दुई विषयमा प्रस्ट धारणा ल्याउनु भएन भने राजपाको ब्यानरमा राजनीतिक समिति वा पदाधिकारी बैठक बोलाउने पक्षमा छौँ,’ उनले भने । बैठक बोलाउँदा पनि वातावरण बनेन भने मेची महाकाली अभियान सुरु हुने झाको भनाइ छ ।

महेन्द्र यादवले बोलेका विषयमा प्रस्ट धारणा माग
गत मंगलबार बहुमतले राजेन्द्र महतो अध्यक्षमण्डलको संयोजक चयन भएपछि सुरु भएको विवादले सोमबार बोलाइएको बैठक बस्न सकेन । महेन्द्र यादवले एक अन्तर्वार्तामा ठाकुरले पार्टी चलाउन नसकेको भन्दै आलोचना गरेको विषयमाथि अध्यक्षमण्डलका सदस्यको धारणा पनि प्रस्ट हुनुपर्ने बताइरहेका छन् । यादवमाथि कारबाहीको माग गरे पनि उनलाई कारबाही गर्ने पक्षमा भने राजपामा माहोल छैन ।, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्