
काठमाडौं–माथिल्लो तामाकोसी आयोजनाले स्थानीयका लागि सेयर बाँडफाँड गरेको झन्डै एक महिना भइसकेको छ ।
तर, हालसम्म पनि सेयर वितरणको मुख्य जिम्मा पाएको सनराइज क्यापिटलले स्थानीयवासीलाई बाँकी रकम फिर्ता गरेको छैन । सेयर परेर बाँकी रकम एक साताभित्र सम्बन्धित व्यक्तिको खातामा हाल्नुपर्ने नियम भए पनि सनराइज क्यापिटलले रकम फिर्ता नगर्दा जिल्लावासी आक्रोशित भएका छन् । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।