३० जेठ २०८३, शनिबार

वाइडबडी खरिद प्रकरण : ‘अनियमितता’बारे छानबिन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन

मंसिर १२, २०७५
वाइडबडी खरिद प्रकरण : ‘अनियमितता’बारे छानबिन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन

काठमाडौं– संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको २ वटा वाइडबडी विमान खरिद प्रक्रियामा भएको ‘अनियमितता’बारे छानबिन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ । 

समितिको बुधवार बसेका बैठकमा सभापति भरत शाहले विमान खरिद प्रकरणमा अनियमितता भएको तथा प्रक्रिया नपुर्याइएको विषय देखा परेकाले छानबिन गर्न निर्देशन दिए । 

सभापति शाहले समितिका सबै सदस्य (सांसद)हरुको रायअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयलाई छानबिनको जिम्मा दिइएको बताए । 

छानबिनका लागि सार्वजनिक खरिद कार्यालयलाई एक हप्ताको समय दिइएको थियो । समितिको बुधवारको बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीलाई बोलाएर विमान खरिद प्रकरणको छानबिन गर्न निर्देशन दिइएको हो । जवाफमा सचिव रेग्मीले सार्वजनिक चासाेका विषयमा अाफैं पनि 'अपडेट' हुने बताए ।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार प्रारम्भिक छानबिन गरेको लेखा समितिले वाइडबडी विमान गरिद प्रकरणमा साढे ६ अर्ब रुपैयाँ घोटाला भएको संकेत गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्