०१ असार २०८३, सोमबार

दिमागमा चिप राख्न सफल भए वैज्ञानिक, अब सोचे मात्र पनि खुल्छ कम्प्युटर

मंसिर १२, २०७५
दिमागमा चिप राख्न सफल भए वैज्ञानिक, अब सोचे मात्र पनि खुल्छ कम्प्युटर

काठमाडौं — वैज्ञानिकहरूले पक्षघात भएका व्यक्तिलाई सहजै काम गर्न मिल्ने प्रविधि विकसित गरेका छन् । 

अमेरिकाको प्रोभिडेन्स भेटरन अफेयर्स मेडिकल सेन्टर, म्यासाचुसेट्स जनरल हस्पिटल र स्ट्यानफोडए विश्वविद्यालयका वैज्ञानिकहरूले प्लस वन म्यागजिनमा यो अध्ययन प्रकाशित गरेका छन् । 

यस डिभाइसमा ब्रेन कम्प्युटर इन्टरफेस टेक्नोलोजी प्रयोग गरिएको छ । यसको सहायताले पक्षघात भएका मानिसले सोचेको भरमा ट्याब्लेटमा सन्देश टाइप गर्न सक्छन्, भिडियो हेर्न सक्छन्, गेम खेल्न सक्छन् अनि पियानो बजाउन
सक्छन् । मस्तिष्कमा सानो चिप लगाएको भरमा यो सबै कुरा हुन्छ । 

वैज्ञानिकहरूले पक्षघातबाट सताइएका तीन व्यक्तिमाथि यसको परीक्षण गरे । उनीहरूको मस्तिष्कको मोटर कोर्टेक्समा सानो चिप लगाइयो जसमा १०० इलेक्ट्रोड र्थि । तिनले कम्प्युटरलाई संकेत पठाउँथे । 

चिपले प्रयोगकर्ताको दिमागमा चल्ने कुरा र विद्युतीय गतिविधिलाई चिन्छ र कम्प्युटरमा पठाउँछ । त्यसपछि कम्प्युटरले डिभाइसलाई कमान्ड दिन्छ । 

चिपको सहायताले इमेल, च्याट, युट्युब भिडियो हेर्न र अन्लाइन शपिङ गर्न सहज हुनेछ । एक व्यक्तिले डिजिटल एपको सहायताले पियानो बजाएर पनि देखाए । 

अनुसन्धानले के पनि देखायो भने चिपको सहायताले पक्षघात आक्रान्त मानिस प्रत्येक मिनेट मेसेजका ३० शब्द टाइप गर्न सक्छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्