१७ असार २०८३, बुधबार

दार्चुलाको हिकिलामा इन्भेष्टमेण्ट बैंकको शाखा

मंसिर १२, २०७५
दार्चुलाको हिकिलामा इन्भेष्टमेण्ट बैंकको शाखा

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सुदूरपश्चिम जिल्ला दार्चुलामा शाखा विस्तार गरेको छ ।

बैंकले सुदूरपश्चिम प्रदेशमा पर्ने दार्चुलाको दुहुँ गाउँपालिकास्थित हिकिलामा आफ्नो ७८ औं शाखा विस्तार गरेको हो ।

सदरमुकामबाट १९ किलोमिटरको दूरीमा रहेको अतिविकट क्षेत्र दुहु गाविसमा ११ हजार जनसंख्या छ । तिंकर सडकखण्ड अन्तर्गत दुहुका स्थानीयको मुख्य पेशा जडीबुटी हो ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश अनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ । 

विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड रुपैयाँ लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड १ मात्र बैंक रहेको छ । ९ लाखभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको १ सय ७ वटा एटीएम पुगेको छ । 

बैंकको सञ्जालमा भिसा तथा एनपीएन सदस्य बैंकका १ हजार बढी एटीएम रहेका छन् भने ३ हजार बढी पास टर्मिनल जडान भइसकेका छन् । बैंकको ८ वटा एक्स्टेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा तथा ९ वटा राजस्व संकलन केन्द्र छन् ।

यूरोमनि अवार्ड ‘उत्कृष्ट बैंक नेपाल– २०१८’ जितेको बैंकले ५ पटकसम्म ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेकोे छ ।

salt training

कमेन्ट गर्नुहोस्