×

NMB BANK
NIC ASIA

बिमासम्बन्धी विधेयक अर्थ समितिमा, एजेन्टको व्यवस्था हटाउन सांसद्हरूको माग

मंसिर १२, २०७५

NTC
Premier Steels

काठमाडौं – सांसदहरूले बिमामा अभिकर्ता (एजेन्ट) को व्यवस्था हटाउन माग गरेका छन् । सर्वसाधारणले अभिकर्तामार्फत् बिमा गराउँदा दोहोरो मारमा पर्ने तर्क गर्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।

Muktinath Bank

प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बुधवार बसेको बैठकमा नेकपाकी सांसद जुलीकुमारी महतोले बिमाका अभिकर्ता हटाउन माग गरिन् । उनले अभिकर्ता राख्नाले बिमा गराउनेहरू दोहोरो मार्कामा पर्ने गरेको जिकिर समेत गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बिमा अभिकर्ता नभई नहुने कुरा हो त ?’ समितिमा प्रश्न गर्दै उनले भनिन्, ‘एजेन्ट राख्नाले बिमा गराउनेहरू दोहोरो मार्कामा परेकोजस्तो मलाई लाग्छ ।’


Advertisment
Nabil box
Kumari

उनको यस्तो मागप्रति अन्य सांसदहरूले पनि समर्थन जनाए ।

Vianet communication

अभिकर्ताहरूका लागि निश्चित नियम रहेको भन्दै प्रस्तावित विधेयकमा सो सम्बन्धी विषय उल्लेख गरिएको अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ थियो ।

समितिको बुधवार बसेको बैठकमा अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले प्रस्तावित बिमा विधेयक बारे जानकारी गराएका थिए ।

उनले बिमा विधेयकमा सम्पूर्ण बिमाको नियमनकारी निकायका रूपमा बिमा प्राधिकरण गठन गरिने व्यवस्था रहेको जानकारी गराए ।

त्यस्तै उनले बिमा विधेयकमा बिमा करारसम्बन्धी व्यवस्था, विमितको हित संरक्षणसम्बन्धी व्यवस्था तथा बिमा अपराधसम्बन्धी व्यवस्था गरिएको जानकारी गराए ।

प्रस्तावित बिमा विधेयकले बिमासम्बन्धी सबै ऐनलाई समेटेको र बिमासम्बन्धी सबै निकायको निमयन प्राधिकरणले गर्ने उनको भनाइ थियो ।

त्यस क्रममा समितिका सभापति कृष्णप्रसाद दाहालले बिमा समिति तथा बिमा कम्पनीहरूलाई एकीकृत गर्ने गरी बनेको विधेयकमा दफावार छलफल शुरू गरिने बताए । ‘विधेयकमा ८५ वटा संशोधन राखिको छ,’ सभापति दाहालले भने, ‘हामी यसलाई दफावार छलफल गर्छौं ।’ सदनको आगामी अधिवेशनमा पेश गर्नेगरी दफावार रूपमा विधेयकमाथि छलफल गरिने उनको भनाइ छ ।

बिमा प्रणाली तथा बिमा व्यवस्थालाई  व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउने उद्देश्यले बिमासम्बन्धी ऐन संशोधन हुन लागेको अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ थियो ।

संशोधन हुन लागेको विधेयकमा सञ्चाललक समितिको संरचना, अध्यक्ष तथा सदस्य नियुक्ति गर्ने सम्बन्धी व्यवस्था गरिएको छ । विधेयक अनुसार संचालक समितिको अध्यक्षमा नेपाल सरकारले तोकेको व्यक्ति रहने उल्लेख गरिएको छ । त्यस्तै अध्यक्षमा अर्थमन्त्री रहने व्यवस्था गरिएको छ ।

बिमा प्राधिकरणको स्थापना तथा काम, कर्तव्य र अधिकार लगायतका व्यवस्था विधेयकमा गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x