०६ असार २०८३, शनिबार

तालिबानसँग वार्ता गर्न अफगान सरकारले बनायो १२ सदस्यीय टोली

मंसिर १२, २०७५
तालिबानसँग वार्ता गर्न अफगान सरकारले बनायो १२ सदस्यीय टोली

काठमाडौं — अफगानिस्तान सरकारले तालिबानसँग शान्तिवार्ताका लागि १२ सदस्यीय टोली गठन गरेको राष्ट्रपति अशरफ गानीले बताएका छन् । 

स्विट्जरल्यान्डको जेनेभामा भइरहेको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन पुगेका गानीले बुधवार यसको घोषणा गरेका हुन् । 

‘हाम्रा नागरिकसँग कैयौं महिनाको तीव्र परामर्शपछि हामीले शान्ति सम्झौताका लागि रोडम्याप बनाएका छौं भनी घोषणा गर्न पाउँदा म प्रसन्न छु,’ उनले भने । 

‘सबै नागरिक, विशेषगरी महिला, को संवैधानिक अधिकार र दायित्वलाई सुनिश्चित गर्नुपर्छ,’ उनले थपे । 

वार्ता टोलीको नेतृत्व राष्ट्रपतिका मुख्यसचिव सलमा रहिमीले गर्ने घोषणा पनि गनीले गरे । 

‘टोलीमा शान्ति सम्झौताका प्रमुख चुनौतीहरूसँग डील गर्न सक्ने आवश्यक योग्यता भएका महिला र पुरुष छन् ।’

तालिबानलाई लोकतान्त्रिक र समावेशी समाजमा तालिबानलाई समावेश गरिने गरी शान्ति सम्झौता सरकारले चाहेको गनीले बताए । तर आतंकवादी सञ्जालसँग सम्बन्ध बनाएका कुनै पनि संगठनलाई राजनीतिक प्रक्रियामा आउन
नदिइने उनको भनाइ छ । 

अल जजीराबाट

salt training

कमेन्ट गर्नुहोस्