२३ जेठ २०८३, शनिबार

डबलम हिमाल चढ्न आएका अमेरिकी नागरिकको मृत्यु

मंसिर १२, २०७५
डबलम हिमाल चढ्न आएका अमेरिकी नागरिकको मृत्यु

सोलुखुम्बु– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा रहेको आमा डबलम हिमाल आरोहण गर्न गएका १ जना बिदेशी नागरीकको मृत्यु भएको छ ।

हिमालयन गाईड्स नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्राईभेट लिमिटेड काठमाण्डौ मार्फत उक्त हिमाल आरोहण गर्न गएका १४ जना बिदेशी नागरीकमध्ये हिमाल आरोहण गरी फर्कने क्रममा बर्ष ४७ का स्टेवेन्डिक्टोर बीएम नाम गरेका अमेरीकी नागरीक अचानक बिरामी भएको र बुधवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

शवलाई आजै सिम्रिक एयरको हेलिकप्टरबाट तेन्जिङ हिलारी बिमानस्थल लुक्ला लगी आबश्यक कानूनी प्रकृया पुरा भएकाे छ । मृत्युकाे कारणा नखुलेकाेले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्