११ असार २०८३, बिहीबार

चामल पाउन बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता

मंसिर १२, २०७५
चामल पाउन बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता

हुम्ला– हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ । 

चामल पाउनका लागि यहाँका कर्मचारीले सिमिकोटस्थित राष्ट्रिय वाणिज्य बैंक र सिटिजन इन्टरनेशनल बैंकबाट तलब प्राप्त गरेको कागज र कार्यालयको हाजिरी रेकर्डलगायत कागजात पूरा गरेको हुनुपर्छ । 

ती कागजातका आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले १५ किलोग्राम चामल उपलब्ध गराउनका लागि सम्बन्धीत निकायमा तोक लगाउने गर्छन् । 

प्रमुख जिल्ला अधिकारीको तोक लागेको कागजात प्राप्त भएपछि सम्बन्धीत कर्मचारीले १५ किलोग्राम चामल नेपाल खाद्य संस्थानको नजिकको शाखाबाट प्राप्त गर्ने गर्छ । उक्त परिमाणको चामल प्राप्त गर्नका लागि यहाँका कर्मचारीले कहिले हाजिरी फाइल त कहिले तलव पाएको बैंकको स्टेटमेन्टका लागि भौतारिने गरेका छन् । 

गएको भदौ महीनादेखि चामल नपाएका कर्मचारीले मङ्सिर ११ गतेदेखि वितरण गरिएको १५ किलोग्राम चामल प्राप्त गर्नका लागि विभिन्न समस्या झेल्नुपरेको कर्मचारीको गुनासो छ । 


 

salt training

कमेन्ट गर्नुहोस्