१० असार २०८३, बुधबार

जिल्ला सभापतिको भेलामा किन गएनन् गएनन् देउवा ?

मंसिर १३, २०७५
जिल्ला सभापतिको भेलामा किन गएनन् गएनन् देउवा ?

नुवाकोट – कांग्रेस सभापति शेरबहादुर देउवा नुवाकोटको ककनीमा बुधबार सुरु जिल्ला सभापतिको भेलामा अनुपस्थित भएका छन् । देउवाबाटै भेलाको उद्घाटन गर्ने तयारी गरिए पनि अन्तिम समयमा उनी अनुपस्थित भएका हुन् । 

देउवा नगएपछि जिल्ला सभापतिहरूले औपचारिक उद्घाटन नगरीकनै पार्टी विधानका विषयमा छलफल गरेका छन् । ‘जिल्ला सभापतिहरूको औपचारिक भेला भइसकेकाले यसलाई अनौपचारिक बनाउन हामीले चाहेका हौं,’ काभ्रे सभापति मधु आचार्यले भने, ‘सभापति, वरिष्ठ नेतालगायत शीर्ष नेता कसैलाई पनि आमन्त्रण नगरी छलफल गर्ने तयारी गरेका हौं । यो विशुद्ध अनौपचारिक छलफल हो ।’

संस्थापन इतरपक्षीय जिल्ला सभापतिको सक्रियतामा भेला आयोजना भएकाले देउवा नगएको उनीनिकट एक नेताले बताए । कान्तिपुर दैनिकमा खबर छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्