१७ असार २०८३, बुधबार

संसद्को हिउँदे अधिवेशन, पुस पहिलो साता प्रस्ताव

मंसिर १३, २०७५
संसद्को हिउँदे अधिवेशन, पुस पहिलो साता प्रस्ताव

काठमाडौं। संघीय संसद्को हिउँदे अधिवेशन पुस पहिलो साताबाट सुरु गर्न संघीय संसद्ले सरकारलाई प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सरकारलाई पुस पहिलो साता अधिवेशन आह्वान गर्न प्रस्ताव गरेका हुन् । संसद् अधिवेशन नहुँदा संविधानले नै तोकेको व्यवस्थानुसार आगामी २१ फागुनभित्र सबै कानुन निर्माण गर्न कठिन हुने देखिएको छ ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी संसद् अधिवेशन आह्वानका लागि सरकारसँग आग्रह गरेका छन् । सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठक भएकाले पुसको पहिलो साता अधिवेशन आह्वान गर्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्