१६ असार २०८३, मंगलबार

सिरियाली सेनाले आईएसआईएसबाट पाल्मिरालाई मुक्त ग–यो

कात्तिक २०, २०७४
सिरियाली सेनाले आईएसआईएसबाट पाल्मिरालाई मुक्त ग–यो
काठमाडौं, २० फागुन — गठबन्धन सेना तथा रुसी युद्धविमानको सहायताले सिरियाली सेना आतंकवादी संगठन आईएसआईएसबाट प्राचीन शहर पाल्मिरालाई मुक्त गराउन सफल भएको सिरियाली सेनाले बताएको छ ।


आईएसआईएसले गत डिसेम्बर महिनामा अचानक कब्जा जमाएको थियो । आठ महिनाअघि त्यहाँबाट लखेटिएपछि उसले फेरि कब्जा गरेको थियो ।

सिरियाली सेना र इरानले समर्थन गरेको मिलिसिया पाल्मिराभित्र प्रवेश गरेपछि आईएसआईएस पूर्ण रूपमा विस्थापित भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बतायो ।

आईएसआईएस पूर्वी भागतिर पछि हट्न बाध्य भएको अब्जर्भेटरीले रिपोर्ट ग–यो । सरकारी सेनाले पाल्मिरामा विशाल भूभागमा नियन्त्रण जमाएको र ल्यान्डमाइन हटाउनका लागि कम्बिङ अपरेसन चलाएको पनि उसले बतायो ।

आईएसआईएसले पहिलोचोटि पाल्मिरा कब्जा गर्दा त्यहाँका बहुमूल्य प्राचीन धरोहरहरू भत्काएको थियो । पछि दोस्रोचोटि पाल्मिरामा कब्जा गर्दा पनि उसले ऐतिहासिक अवशेषहरूमा क्षति पु–याएको थियो ।

अल जजीराबाट

salt training

कमेन्ट गर्नुहोस्