३२ असार २०८३, बिहीबार

प्रदेश नम्बर २ मा किन भयो रेखा थापाको विरोध ?

मंसिर १३, २०७५
प्रदेश नम्बर २ मा किन भयो रेखा थापाको विरोध ?

जनकपुरधाम–प्रदेश २ मा प्रदेश सरकारले घोषणा गरेको ‘बेटी पढाउँ बेटी बचाउँ’ अभियानको सद्भावना दूत नेपाली चलचित्रकी नायिका रेखा थापालाई बनाएको भन्दै प्रदेश सभादेखि सडकसम्म विरोध हुन थालेको छ । 

बिहिबारको गोरखापत्र दैनिकमा खबर छ–प्रदेश मुख्यमन्त्री लालबाबु राउतले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको जिज्ञासाका क्रममा थापालाई सद्भावना दूतको रुपमा बुझ्न उत्तर दिएपछि त्यसको कडा रुपमा चौतर्फीरुपमा विरोध सुरु भएको हो । 

मधेसमा प्रतिभावान महिलाहरुको कुनै कमी नभएको भएपनि रेखा थापालाई सदुभावना दूत बनाएर मधेसी महिलाहरुको अपमान गर्ने काम गरेको प्रदेश सांसदहरुको आरोप छ । 

उनीहरुले मधेसमा लाश जलिरहेको बेला नायिका रेखा थापासहितको व्यक्तिहरुले काठमाडौंमा संविधान जारी भएको बेला नाचगान गरेर खुसीयाली गरेको विषयलाई मुख्यमन्त्रीले बिर्सेको समेत आरोप लगाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्