२५ जेठ २०८३, सोमबार

विवाहका लागि जोधपुर पुगेकी प्रियंकालाई प्रशंसकले गरे भव्य स्वागत

मंसिर १३, २०७५
विवाहका लागि जोधपुर पुगेकी प्रियंकालाई प्रशंसकले गरे भव्य स्वागत

काठमाडौं — अमेरिकी गायक निक जोनससँग विवाहका लागि बलिउड अभिनेत्री प्रियंका चोपडा भारतको राजस्थानस्थित जोधपुर पुगेकी छिन् । 

प्रियंकाले सुन्दर शहर जोधपुरमा बिहे गर्ने निर्णय प्रशंसकले खुबै मन पराएका छन् । 

त्यसैले गर्दा प्रियंका जोधपुर विमानस्थलमा निकसँग पुग्दा उनलाई भेट्न प्रशंसक र मिडियाको भीड जम्मा भयो । प्रशंसकहरूले प्रियंका र निकको भव्य स्वागत गरे । विशेष स्वागत पाएपछि प्रियंकाले धन्यवाद दिइन् । 

बिहे समारोहमा भाग लिन निकका दाइ जो र उनकी पार्टनर सोफी टर्नर समेत अनेकौं अतिथि जोधपुर पुगे । विदेशी अतिथिले भारतीय कपडा लगाए । हालै गणेश पूजनमा जोनस परिवार भारतीय परिधानमा देखिइन् । 

प्रियंका र निकको विवाह डिसेम्बर २ मा हुँदैछ । त्यसअघि मेहन्दी र संगीत समारोह गरिनेछ । जोधपुरमा सबै समारोह शाही अन्दाजमा गरिनेछ । 

संगीत समारोहमा प्रियंका आफ्नी आमा मधु चोपडाका साथ विशेष नृत्य प्रस्तुत गर्दैछिन् । 

प्रियंकाको विवाहमा अन्तर्राष्ट्रिय स्टारहरू आउने खबर पनि छ । जोधपुरको उम्मेद भवनमा हुने शाही विवाहमा खास पाहुनालाई मात्र बोलाइएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्