
काठमाडौं–‘पोखरा स्काई स्पोर्टस’ ओपनिङको अवसर पारेर सांगीतिक कन्सर्ट हुने भएको छ ।
पोखराको न्यूरोडस्थित भाटभटेनीको माथिल्लो तलामा रहेको ‘पोखरा स्काई स्पोर्ट्स’मा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले प्रस्तुती दिने बताइएको छ ।
बिगत ३ वर्ष अघिदेखी निर्माण आरम्भ भएको स्काई स्पोर्टसको ओपनिङ ५० बढी कलाकार तथा कर्पोरेट भिआईपीहरुको उपस्थितीमा मंसिर २८, २९ र पुष १ गते गरी तीन दिनसम्म चल्नेछ ।
पछिल्लो समय बदलिएको सामाजिक परिवेश र मानिसको चाहना अनुसार एकै छानामुनि सम्पूर्ण सेवा सुबिधा उपलब्ध गराउने उद्धेश्य अनुरुप स्काई स्पोर्टस संचालनमा ल्याउन लागेको स्पोर्टसका अध्यक्ष सुजन गुरुङले बताए ।