काठमाडौं, २० फागुन — गर्मीको मौसममा चिसो खानेकुरा र चिसो पानी पिउन मन लाग्छ नै । तर धेरै चिसो पानी पिउँदा स्वास्थ्यमा असर पर्छ । कोही कोही मान्छे त खाना खाँदाखाँदै पनि पानी पिउन थाल्छन् । अनि कोही चाहिँ खानेबित्तिकै चिसो पानी पिउँछन् ।

तर यसरी खानापछि (फ्रीजमा राखेको) चिसो पानी पिउँदा पाचन शक्ति खराब हुन्छ र भोजन पच्न पाउँदैन । यसले गर्दा पेटमा अनेकथरी रोग आइलाग्छ ।
१. कब्जियतभोजनपछि लगत्तै चिसो पानी पिउँदा खाना पच्न पाउँदैन । चिसो पानीले ठूलो आन्द्रा साँघुरिन्छ अनि खाना पेटमै अड्किन्छ । यसले कब्जियत बढाउँछ । कब्जियत भएका मानिसले त चिसो पानी पिउनै हुँदैन ।
२. हृदयघातको खतराखाना खानेबित्तिकै चिसो पानी पिउँदा मुटुमा असर पर्छ । एकदम चिसो पानीले मुटुको चाल नै रोकिदिन्छ । यसले नाडीमा रगतको बहाव पनि रोकिन्छ र हृदयघात हुने सम्भावना बढ्छ ।
३. मोटोपनाचिसो पानी पिउँदा पाचन शक्ति खराब हुन्छ र खाना पच्दैन । यसले कब्जियतको खतरा बढाउँछ । चिसो पानी पिउँदा पेटमा विद्यमान अम्लसँग घोलिएर बोसो बन्छ र मोटोपना बढाइदिन्छ ।
४. खकारचिसो पानीले शरीरमा खकार बनाउँछ । अनि यसले रुघाखोकी र ज्वरोको खतरा बढ्छ । त्यसैले खाना खानेबित्तिकै चिसो पानी पिउनुहुँदैन ।
यसको साटो सादा पानी पिउनुस् र चिसो पानी पिउनु नै भयो भनेपनि एक एक घुट्को गरी पिउनुस् ।
पञ्जाब केसरीबाट