१० साउन २०८३, आइतबार

सुरक्षा परिसरमा आक्रमण दशको मृत्यु

मंसिर १३, २०७५
सुरक्षा परिसरमा आक्रमण दशको मृत्यु
फाइल तस्बिर

काबुल– अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सुरक्षा परिसरभित्रै भएको आक्रमणमा परी कम्तीमा दश व्यक्तिको मृत्यु हुनको साथै अन्य १९ जना घाइते भएका छन् । 

अल जजिरा टेलिभिजन च्यानलले बिहीबार जानकारी दिएअनुसार बेलयातकोे एक सुरक्षा समूह (बृटिश सेक्युरिटी कन्ट्याक्टर) मा सो आक्रमण भएको गृह मन्त्रालयका प्रवक्ता नजिब दनिसले बताएका छन् । 

सरकारी अधिकारीहरुकाअनुसार यस आक्रमणमा आत्मघाती बम आक्रमणलगायत सुरक्षाबल र आतङ्ककारीबीच दोहोरो गोली हानाहान भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्