०१ असार २०८३, सोमबार

राजधानीको एनएसी अगाडि गाडी चड्न बसेको भीडलाई कारले ठक्कर दियो, १३ घाइते

मंसिर १४, २०७५
राजधानीको एनएसी अगाडि गाडी चड्न बसेको भीडलाई कारले ठक्कर दियो, १३ घाइते
उपचाररत घाइते

काठमाडौं– नेपाल वायु सेवा निगम (एनएसी) को न्यूरोडस्थित कार्यालय अगाडि बा १८ च ४८७३ नम्बरको निजी कारले ठक्कर दिँदा १३ यात्रु घाइते भएका छन् । 

बिहिबार साँझ एनएसी अगाडि बस चढ्न पालो पर्खिएर बसेका यात्रुलाई कार्यालयभित्रबाट एक्कासि हुत्तिएर आएको कारले ठक्कर दिएको थियो । 

घाइते हुनेमा एक फिलिपिन्सी नागरिक र बालबालिकासमेत रहेका छन् । 

प्रहरीले घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको बताएको छ । 

यस्तै कार चालक ५० वर्षीय भेषराज पौडेललाई प्रहरीले सिरासतमा लिएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्