०४ असार २०८३, बिहीबार

कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदमा

मंसिर १४, २०७५
कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदमा

काठमाडौं। संघीय ढाचाअनुसार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न तयार पारिएको बहुप्रतीक्षित कर्मचारी समायोजन अध्यादेशलाई मन्त्रिपरिषद्को विधेयक समितिले स्वीकृत गरेको छ । 

बिहीबार बसेको विधेयक समितिले व्यापक छलफलपछि केही संशोधनसहित अध्यादेशलाई स्वीकृत गर्दै मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको हो ।
अध्यादेशलाई आज शुक्रबार मन्त्रिपरिषद्मा पेस गरिनेछ । आगामी सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित गराई समायोजन प्रक्रिया थाल्ने तयारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्