
मुम्बई– विहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको फिल्म २.० ले पहिलो दिनमै उत्कृष्ट सुरुवात गरेको छ ।
बलिउड अभिनेता रजनीकान्त र अक्षयकुमारको अहिलेसम्मकै महंगो भनिएको सो फिल्मले पहिलो दिनको व्यापारको सबै रेकर्ड तोडेको समाचारमा जनाइएको छ ।
पहिलो दिनको व्यापारिक आँकडाअनुसार यो फिल्मको हिन्दी संस्करणले उत्तरी भारतमा २० करोडको व्यापार गरेको छ । यस्तै दक्षिणी भारतको तामिल, तेलेगुलगायतका भाषामा ८० करोडमाथि व्यापार गरेको छ ।
पहिलो दिनमै २.० ले १०० करोडको व्यापार भारतबाटै गरेको छ ।