०४ असार २०८३, बिहीबार

विधानलाई अन्तिम रुप दिन जुट्यो काँग्रेस

मंसिर १४, २०७५
विधानलाई अन्तिम रुप दिन जुट्यो काँग्रेस

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि बस्दैछ ।  विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन सो पार्टी छलफलमा जुटेको हो । 
पार्टी कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा मुलुक सङ्घीय संरचनामा गएपछि नयाँ बनेको संरचनाअनुसार पार्टीलाई कसरी  लैजाने र त्यसका लागि कस्तो विधान बनाउने भन्ने विषयमा छलफल हुनेछ । 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बिहिबार बसेको  बैठकमा पनि प्रस्तावित विधानलाई अन्तिम रुप दिने विषयमा छलफल भएको थियो । 
पार्टीको मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन काङ्ग्रेस छलफलमा जुटेको हो । पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ । 

यही मङ्सिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएपछि बिहिबार बैठक बोलाइएको थियो । बिहिबार ५ नेताले धारणा राखेपछि बैठक आजसम्मको लागि स्थगित भएको थियो । 
मङ्सिर ९ गतेको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेश गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्