०८ असार २०८३, सोमबार

सुशील अभिनित ‘शान्ति’ प्रदर्शनमा

मंसिर १४, २०७५
सुशील अभिनित ‘शान्ति’ प्रदर्शनमा

काठमाडौं– चलचित्र ‘शान्ति’ आजबाट देशब्यापी प्रदर्शनमा आएको छ ।

वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवम् प्रेमकथामा निर्माण भएको चलचित्रमा दिनेश लिङ्देनको लेखन तथा निर्देशन छ । एक वर्ष अघि नै निर्माण भएको यो चलचित्र प्रचारप्रसारबीना नै प्रदर्शनमा आएको हो । 

चलचित्रमा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारी लगायतको अभिनय छ । चलचित्रमा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँती, ज्ञानु राईको छायांकन र मेग मगरको सम्पादन छ ।

शान्ति वखिम थेबे निर्माता तथा बसन्त थेवे कार्यकारी निर्माता रहेको चलचित्रमा कविता राई लिङ्देन प्रस्तुतकर्ता छिन् ।

salt training

कमेन्ट गर्नुहोस्