
३९ वर्ष पहिला नोभेम्बरको महिनामा साउदी अरबको इतिहासमा एक यस्तो घटना भएको थियो जसले १५ दिन सम्म इस्लामलाई हल्लाइदिएको थियो ।
यो यस्तो घटना हो जसमा सलाफी समूहले इस्लामको सबैभन्दा पवित्र स्थल मक्काको मस्जिदलाई आफ्नो कव्जामा लिएको थियो । यो घटनामा सयौं मानिसको ज्यान गएको थियो ।
२० नोभेम्बर १९७९ इस्लामिक क्यालेन्डरको हिसाबमा साल १४०० को पहिलो तारिख थियो । त्यस दिन मक्का मस्जिदमा देश विदेशबाट आएका हजारौं हज यात्री साँझको समयमा नमाजको तयारी गरिरहेका थिए ।
यो मस्जित इस्लामको सबैभन्दा पवित्र स्थान काबाको नजिक छ ।
के भएको थियो ?
जब नमाज सकिने बेला भएको थियो त्यतिबेला सेतो संगको कपडा पहिरिएका करिब २०० मानिसले अत्याधुनिक स्वचालित हतियार निकाले ।
यसमध्ये केही इमामलाई घेरेर उभिएका थिए । जब नमाज सकियो तब उनिहरुले मस्जिदको माइकलाई आफ्नो कव्जामा लिए ।
यसपछि माइकबाट घोषणा गरियो,‘हामी माहदीको आगमनको घोषणा गर्छौं, जो अन्याय र अत्याचारबाट भरिएको यस धरतीमा न्याय र निष्पक्षता ल्याउने छौं ।’
इस्लामिक मान्यताका अनुसारमाहदी यस्ता उद्धारक हुन् जो संसारको अन्या भन्दा पहिला राज गर्दै नराम्रोको नाश गर्छन् ।
यो सुनेर मानिसले अन्त्यको शुरुवात भएको ठाने।
यो हतियारधारी समूह अति कट्टरपन्थी सुन्नी मुस्लिम समूह सलाफी थिए । बदू मूलका युवा साउदी प्रचारक जुहेमान अल ओतायबी उनीहरुको नेतृत्व गरिरहेका थिए ।
यसबीच मस्जिदको स्पीकरबाट घोषणा गरिएको थियो कि माहदी उनीहरुको बीचमा छन् ।
यसबीच लडाकूको समूहबाट एक व्यक्ति भीड तिर आइरहेका थिए । उनी थिए मोहम्द अब्दुल्ला अल कहतानी थिए ।
मस्जिदबाट भनियो, यही हुन् माहदी जसको प्रतिक्षा थियो । तब सबैको अगाडि जुहेमानले पनि मोहम्मद अव्दुल्ला(तथाकथित माहदी) को प्रति सम्मान दिए ताकि अन्य मानिसले पनि सम्मान प्रदान गरुन् ।
उनीहरुले साउदी बललाई भ्रष्ट, अनैतिक तथा पश्चिमसँग जोडिको मान्थे ।
जब प्रहरी घटनाबारे बुझ्न आए तव लडाकुले उनीहरुमाथि गोली चलायो । यसरी उनीहरुले मस्जिदमाथि कव्जा गरे ।
यसबीच साउदी अरबले मस्जिदमा कव्जा भएको समाचार प्रकाशन र प्रशारणमा रोक लगाइदियो । केही मानिसलाई मात्र मस्जिदमा कव्जा गरिएको थाहा थियो ।
यसबीच साउदी अरबको शाही परिवारले धार्मिक नेताहरुसँग मस्जिद भित्र बल प्रयोग गर्न इजाजत मागे । तर अघिल्लो दिन नै लडाइ तथा भीषण भयो । साउदी सेनाले लगातार कयौं हमला गरे जसका कारण मस्जिदको ठूलो हिस्सा क्षतिग्रस्त भयो।
हमलाहरुका बीच साउदी सुरक्षा बलले मस्जिदको भित्र आएर नियन्त्रण गर्न सफल भए । बचेका लडाकु भुइबाट सुरक्षित स्थानमा गएर उनीहरु रात दिन लडिँरहे ।
भीषण गोलाबारी का बीच आफूलाई माहदी बताउने व्यक्ति घाइते भए । जबकी मान्यताका हिसावमा माहदी त घाइते हुनै सक्दैन थिए ।
बीबीसीबाट