
काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको चुनाव प्रचारका बेलामा प्रयोग गरिएको निजी विमान न्युयोर्क विमानस्थलमा सामान्य दुर्घटनामा परेको छ ।
बुधवार बिहान भएको यो घटनाका बारेमा थाहा पाएका दुई मानिसले पार्किङस्थलमा अड्याउन खोज्दा त्यहाँ भएको एक कर्पोरेट विमान ट्रम्पको बोइङ ७५७ विमानको पखेटामा ठोकियो ।
ट्रम्पले यही विमान चढेर निर्वाचन प्रचार गरेको भए पनि राष्ट्रपति बनेपछि चाहिँ यसमा उडेका छैनन् ।
ट्रम्प प्रशासनले विमान दुर्घटनाका बारेमा केही बताएको छैन । घटनामा कोही पनि घाइते भएको छैन ।
एजेन्सी